Shikhar Insurance
National Life

तिहार अघि अन्तिम कारोबारको दिन १४ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ६, आईतवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहार अघि कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सकारात्मक देखिएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक १४.३५ अंकले बढेर १,८५८.४९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि, ठुला कम्पनीको सेयर मापक सेन्सेटि इण्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ को विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचक सकारात्मक देखिएसँगै ११ समूहका परिसूचकहरु बढेका छन् । भने, होटल एण्ड टुरिजम र म्युचुअल फण्ड समूह घटेका छन् ।

दिनभरीमा २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने आधा अर्बमै सिमीत भएको छ ।

सो दिन कारोबारमा आएका १३५ कम्पनीको सेयर मूल्य बढेको छ । ३९ कम्पनीको घटेको छ । भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रुरु जलविद्युत परियोजना र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । भने यता सिटिजन म्युचुअल फण्ड–२ को मूल्य ९.५५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एभरेष्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, नबील बैंकको ३ करोड ३८ लाख ८० हजार, नेपाल बैंकको ३ करोड २० लाख १८ हजार, एनआईसी एशीया बैंकको २ करोड २९ लाख ५० हजार र गरिमा विकास बैंकको १ करोड ५१ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यसदिन सर्वाधिक कारोबार हुने टप पाँच भित्र सबै बैंक रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्