Shikhar Insurance
National Life

२ लाख रुपैयाँसम्म फण्ड ट्रान्स्फर निःशुल्क, तिहार र छठ पर्वको लागि एनसीएचएलको यस्तो आफर

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ६, आईतवार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्यिलरिङ हाउस (एनसीएचएल) ले दैनिक २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलिने भएको छ । एनसीएचएल आिउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति सो अफर ल्याएको हो ।

सो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ती एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको एनसीएचएलले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, सेन्ड मनिमा क्लिक गरी वा फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेन्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेन्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेन्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको अयललभअतक्ष्एक् मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाईल बैंकिङ्गको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कनेन्ट आइपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म ल्एक् अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेन्ट आइपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको १ करोड १० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्