Shikhar Insurance
National Life

नेपाल इन्स्योरेन्सका लगानीकर्तालाई ८.४२११ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ६, आईतवार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२११ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को आम्दानीबाट ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति तथा बार्षिक साधारण सभाले पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतले हुने ११ करोड ३ लाख १९ हजार ६ सय ६४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२११ प्रतिशतले हुने ५८ लाख ६ हजार २ सय ९८ रुपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्