Shikhar Insurance
National Life

भोजपुर प्रदेश क मा काङ्ग्रेसका बागी फिर्ता, राजेन्द्रलाई सहज

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार २२:३८
Hyundai
NCELL
NIMB

भोजपुर । भोजपुरको प्रदेश सभा क मा बागी उम्मेदवारी दिएका काङ्ग्रेस महासमिति सदस्य उत्तम कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् ।  उनले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका हुन् ।  भोजपुर प्रदेश क मा नेकपा एकीकृत समाजवादीका सचीव समेत रहेका प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राई उम्मेदवार छन् । प्रतिनिधि सभामा उम्मेदवार बन्न चाहेका राई गठबन्धनको मर्म अनुसार पुनः प्रदेश सभामा प्रतिस्पर्धा गर्न राजी भएका हुन् । राई पुनः मुख्यमन्त्री बन्ने योजना सहित चुनाबमा होमिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका चापागाईंले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै गठबन्धनका उम्मेदवार राईलाई सघाउने घोषणा गरेसङै उनको जित पक्का भएको बताइन्छ ।                         

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्