Shikhar Insurance
National Life

चौतर्फी घेराबन्दी पछि सामुहिक प्रतिवाद गर्दै बैंकर

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकले कर्जाको ब्याजदर बढाएको भन्दौ निजी क्षेत्रका उद्योगी व्यवसायीले चौतर्फी विरोध गरिरहेका छन् । पछिल्ला केही दिनयता उद्योगी व्यवसायी तथा व्यापारीहरुले देशव्यापी रुपमा बैंक बहिस्कार अभियानका साथ आन्दोलन गर्न थालेपछि बैंकरहरुले औपचारीक रुपमा सोको प्रतिवाद गर्ने भएका हुन् ।

उद्योगी व्यवसायीहरुले बैंक बहिस्कार गर्ने भन्दै आनदोलन शुरु गरेपछि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीका बैंकरहरुसँगै बैंकका शाहुहरुले समेत त्यसको प्रतिवाद गर्न एकजुट भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारमा तरलता अभावको अवस्थामा बैंकले माग र आपुर्तीको आधारमा ब्याजदर बढाएको तर उद्योगी व्यवासायीले भने अबुझ भएर बैंकिङ क्षेत्रलाई नै बदनाम गर्ने गर्दै विरोध गरेको हुँदा सोको प्रतिवाद सामुहिक रुपमा गर्न लागिएको नेपाल बैंकर्स संघका एक सदस्यले बताए ।

‘बैंकको सिस्टम बुझेका उद्योगी व्यापारीहरुले नै ब्याजदर बढेको भन्दै विरोद्धका कार्यक्रम गरिरहेका छन्, हामीले त्यसको प्रतिवाद गर्नु नै पर्ने भयो,’ संघका ति सदस्यले सिंहदरबारसँग भने, ‘अर्थमन्त्रालय र राष्ट्र बैंकसँग यसबारे अनौपचारीक छलफल गरिसकेका छौं, आइतबार पत्रकार सम्मेलन गरी सामुहिक रुपमा प्रेस विज्ञाप्ती जारी गर्नेछौं ।’
ब्याजदर माग र आपुर्तीकै आधारमा स्वाभिक रुप बढेको भएपनि निजी क्षेत्रका उद्योगी व्यवसायी तथा व्यापारीले बैंकिङ क्षेत्रलाई नै बदनाम गराउने किसिमका नारा राखी विरोद्ध गर्न थाले पछि सबै बैंक तथा वित्तीय संस्था एकजुट भएर त्यसको प्रतिवाद गर्न लागेको उनले जानकारी दिए ।

उद्योगी व्यवसायीको विरोधको प्रतिवाद गर्न एकजुट हुनेमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएशन, वित्त कम्पनीहरुको छाता संगठन वित्त कम्पनी बैंकर्स एसोसिएशन र बैंक तथा वित्त कम्पनीका साहुहरुको संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले गर्न लागेको हो ।

त्यसमा राष्ट्र बैंकले समेत ग्रिन सिंगनल दिएको ती बैंकरको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्