काठमाडौं । सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) कालागि पौने करोड २ रुपैयाँ तलब भत्तामा खर्च गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ मा सीइओ गणेशराज पोखरेलको लागि १ करोड ७६ लाख ३० हजार रुपैयाँ तलब भत्ता लगायत विभिन्न सुविधा वापत खर्च गरेको हो ।
सीइओ पोखरेलले बैंकबाट बुझेको परिश्रमिकबाट सरकारलाई ८१ लाख ९१ हजार रुपैयाँ आयकार वापत बुझाएका छन् भने, उनले बैंकबाट ९४ लाख ३८ हजार रुपैयाँ खुद परिश्रमिक तथा भत्ता लिएका हुन् ।
सीइओ पोखरेललाई सिटिजन्स बैंकले एक वर्षमा ८४ लाख रुपैयाँ तलब, ६० लाख रुपैयाँ भत्ता, ९ लाख ५० हजार दशैँभत्ता, ८ लाख ४० हजार रुपैयाँ सञ्चयकोषमा योगदान, १२ लाख २६ हजार रुपैयाँ विदा वापतको भुक्तानी र अन्य भत्ता वापत २ लाख १४ हजार रुपैयाँ गरी कुल १ करोड ७६ लाख ३० हजार रुपैयाँ परिश्रमिक तथा भत्ता दिएको हो ।
सो रकम अघिल्लो आवको तुलनामा ३३.६७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७/०७८ मा बैंकले सीइओ पोखरेललाई १ करोड ३१ लाख ९० हजार रुपैयाँ कुल परिश्रमिक तथा भत्ता दिएको थियो । जसमा उनले ६५ लाख ३३ हजार रुपैयाँ आयकर कट्टी गरी ६६ लाख ५६ हजार रुपैयाँ खुद परिश्रमिक तथा भत्ता बुझेका थिए ।
प्रतिक्रिया दिनुहोस्