काठमाडौं । बैंकिङ जगतमा पछिल्लो पुस्ताका वाणिज्य बैंकहरु मध्येको सिटिजन्स बैंक पनि एक हो । पछिल्ला वाणिज्य बैंकहरुको समुहका वाणिज्य बैंकहरुलाई अघिल्लो पुस्ताका बैंकसँग प्रतिस्पर्धात्मक व्यवसाय गर्न सदैब सकस हुँदै आएको छ ।
यही सकसबीचमा पछिल्लो पुस्ताका अधिकांश वाणिज्य बैंकले आफ्नो ‘अस्तित्व’ मर्जर तथा प्राप्तीमा सहभागि भइ अन्य बैंकहरुमा विलय भईरहेका छन्, केही अझै तयारीमा छन् । नियामकको नीति निर्देशन पालना गर्दै आफु स्थापना हुनुपुर्व नै अर्ब बढी नाफा कमाउने बैंकसँग प्रतिस्पर्धा गर्दै व्यवसाय विस्तारको चुनौती सामना गर्न नसक्ने बैंकहरु अन्य वाणिज्य बैंकको साहरा लिँदै तिनैमा विलय भए । भने, नयाँ होस् या पुरानो अधिकांश बैंकहरु नियमनको ‘लुप होल’ खोज्दै व्यवसाय गरी नाफा बढाउन तल्लिन रहँदा ‘कम्प्लायन्स’ पालकमा शतप्रतिशत प्रतिबद्ध हुँदै व्यवसाय विस्तार गर्ने बैंकको रुपमा सिटिजन्स बैंक इन्टरनेसनल स्थापित भइसकेको छ ।
राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा होस् या वाणिज्य बैंक सुपरिवेक्षण विभागमा सिटिजन्सका ग्राहकले वा अन्य बैंकले गुनासोमा छलफल नै गरेर टुङ्गो लगाउनु परेको कुनै रेकर्ड कायम छैन । भने, राष्ट्र बैंकद्वारा जारी नीति निर्देशन पालना नगरी जरिवाना तथा अन्य प्रकारका दण्ड सजाँयको भागिदार हुन नपरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बताउँछन् । यही रेकर्ड नै बैंकको ‘मेजर एसेट’ र ‘ब्राण्ड भ्याल्यु’ रहेको उनको दावी छ ।
‘हामी नाफामा भन्दा कम्प्लायन्स ब्रेक नहोस् भन्नेमा बढी फोकस गर्छाैं, कम्प्लायन्स पालक बैंकको उदाहरण सिटिजन्स नै हो भन्दा पनि फरक पर्दैन जस्तो लाग्छ ।’– बैंकका सीईओ पोखरेल भन्छन् ।
लगानीकर्ताहरुलाई उचित प्रतिफल, कर्मचारीहरुलाई आफ्नोे करिअर प्रति निश्चिन्त बनाउने गरी बैंकले आगामी बाटो तय गरेको उनको भनाइ छ ।
बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा लगानी गर्ने, सीसीआर, सीआरआर, कर्जा निक्षेप अनुपात (सीडी रेसियो), प्राथमिक पुँजी कोष अनुपात लगायत अन्य कम्प्लाइन्स पालना नगरेको रेकर्ड हालसम्म नभएको स्यम राष्ट्र बैंक सुपरिवेक्षण र नियमन विभागका अधिकारीहरु बताउँछन् । राष्ट्र बैंकमै कार्यकारी निर्देशक रहेका राजन सिंह भन्डारीले नेत्तृव गर्ने जमर्को पश्चात स्थापना भएको बैंककै कारणले पनि कम्प्लायन्स पालनामा सिटिजन्स प्रतिवद्ध रहेको उनीहरुको बुझाइ छ ।
२०६४ साल बैशाख ७ गतेदेखि नेपालको २० औं वाणिज्य बैंकको रुपमा कारोबार शुरु गरेको सिटिजन्स बैंक स्थापनाको १५ वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैंकले ग्राहकलाई आत्मियताको सद्भावसँगै गुणस्तरिय सेवा प्रवाह गर्ने ‘नम्बर वान’ बैंकको रुपमा समेत चिनिन सफल भएको छ । ग्राहक सेवाको गुणस्तरमा सम्झौता नगर्ने सिटिजन्सले लगानीकर्तालाई प्रतिफल दिन समेत १५ वर्षको अवधिमा कहिल्यै सम्झौता गरेन ।
१५ वर्षअघिको लगानीलाई बैंकले १.८६ गुणाले वृद्धि गरेको छ । बैंक स्थापना हुँदा १०० रुपैयाँ लगानी गर्ने लगानीकर्ताको पैसा अहिले २ सय ८६ रुपैयाँ पुगेको छ । यसबीचमा बैंकले १ सय लगानी गर्नेलाई कमाएर १ सय ८६ रुपैयाँ दिएको हो ।
प्रतिफलमा लगानीकर्ताको मर्म बुझ्ने बैंक ‘सिटिजन्स’, कुन बर्ष कति लाभांश ?
बैंक स्थापना भएर कारोबार शुरु गरेकोे दोस्रो वर्षदेखि नै लगानीकर्तालाई प्रतिफल दिन शुरु गरेको हो । त्यसयता बैंकले लगानीकर्ताको हात कुनै वर्षपछि रितो राखेको छैन । १४ वर्षको अवधिमा सिटिजन्सले न्यूनतम ५.२६ प्रतिशतदेखि २१.०५ प्रतिशतसम्म गरी कुल १८६ प्रतिशत लाभांश वितरण गरिसकेको छ । जसमा १२० प्रतिशत बोनश र ५९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
बैंकले आर्थिक वर्ष २०६५/०६६ मा १० प्रतिशत बोनश, आव ०६६/६७ मा १२.६३ प्रतिशत बोनश, आव ०६७/६८ मा ५ प्रतिशत बोनश र ३ प्रतिशत नगद, आव ०६८/६९ मा ३.०८ प्रतिशत नगद, आव ०६९/७० मा १५ प्रतिशत नगद, आव ०७०/७१ मा १३ प्रतिशत बोनश र ५.९५ प्रतिशत नगद र आव ०७१/०७२ मा २० प्रतिशत बोनश र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आव ०७२/७३ मा १५.८ प्रतिशत बोनश र ०.८३ प्रतिशत नगद, आव ०७३/०७४ मा १६ प्रतिशत बोनश र १ प्रतिशत नगद, आव ०७४/०७५ मा ३.६२ प्रतिशत बोनश र १.६३ प्रतिशत नगद, आव ०७५/०७६ मा ३ प्रतिशत बोनश र १.६३ प्रतिशत नगद, आव ०७६/०७७ मा ८ प्रतिशत बोनश र ३ प्रतिशत नगद र आव ०७७/०७८ मा १२.९१ प्रतिशत बोनश र ३.०८ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । आव २०७८/०७९ मा ९ प्रतिशत नगद लाभांश घोषणा गरी राष्ट्र बैंकबाट वितरणको स्वीकृति समेत बैंकले पाइसकेको छ ।
कम्प्लायन्स पालक भएकै कारणले अन्य बैंकलाई राष्ट्र बैंकबाट वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति गराउन हम्मे पर्दा सिटिजन्सले तिहार अगावै सेयरधनीको खातामा लाभांश पठाउन लागेको बैंकका प्रवक्ता नारायण अधिकारी बताउँछन् ।
‘अन्य बैंकहरुले कम्प्लायन्स ब्रेक गरेर व्यवसाय गर्दा सिटिजन्सले त्यसको नोक्सानी खेप्नु परेको थियो । ब्याजदरको विषयमा होस् या सीडी रेसियोको कम्प्लायन्समै बस्दा विजनेश अरुले लगेको तितो अनुभव हामीसँग छ । तर, राष्ट्र बैंकको कारवाही गर्छाैं भन्दै अन्य बैंकमा पत्र पठाउँदा, त्यसको भुक्तानीमा अहिले कम्प्लायन्स ब्रेक गर्ने धेरै बैंकलाई ब्यालेन्ससीट स्वीकृत गराउन समस्या हुँदा हामीलाई सहज भयो, त्यसमै खुसी छौं ।’– बैंकका प्रवक्ता अधिकारी भन्छन् ।
नियामकको डण्डाबाट नियमनमै रहेर जोगिँदै पछिल्लो पुस्ताका बैंकहरुमा लगानीकर्तालाई उच्च लाभांश दिनसक्ने बैंक सिटिजन्समात्रै रहेको उनको दावी छ ।
‘पिलर अफ सिटिजन्स’
बैंकिङ क्षेत्रमा सिटिजन्स बैंक र राजनसिंह भण्डारी पर्यावाची शब्द नै मानिने गरिन्छ । राष्ट्र बैंकमा कार्यकारी निर्देशकको पदबाट अवकाश पाएपछि भण्डारीले १५ वर्षअघि ६५ करोड रुपैयाँ चुक्ता पुँजीको वाणिज्य बैंक स्थापना गरेका हुन् । उनले ०६४ सालमा आफैले व्यवस्थापन ‘लिड’ गर्ने गरी डा. शंकर प्रसाद शर्मालाई सञ्चालक समिति अध्यक्षको कार्यभारमा राखी बैंक शुरु गरेका हुन् । भण्डारीले ४ वर्ष अघिसम्म सिटिजन्सको सीइओको कार्यभार सम्हालेका थिए भने त्यसयता उनी बैंकको अध्यक्ष छन् । भण्डारीकै परिकल्पनामा स्थापित बैंकको ‘फस्ट पिलर अफ सिटिजन्स’ भनेर पनि उनैलाई लिइन्छ ।
बैंकले कारोबार शुरु गर्नुभन्दा अघि नै बैंकको कर्मचारी नियुक्त भएका बैंकका पहिलो कर्मचारी रहेका हालका सीइओ गणेशराज पोखरेललाई बैंकको अर्को पिलर मानिन्छ । उनी स्थापनाकालमा उनी बैंकको कम्पनी सचिव थिए । उनले बैंकको उच्च व्यवस्थापनलाई लिड गर्दै सीइओको कार्यभार सम्हालेको ४ वर्ष पुरा भइसकेको छ ।
राष्ट्र बैंकको पुँजी वृद्धि योजनामा होस् या वाणिज्य बैंक मर्जर नीतिमा बैंकले आफ्नो साखमा कहिल्यै सम्झौता गरेन । पछिल्लो पुस्ताको बैंकहरु पुँजी वृद्धिको होडमा वा ठुला वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न नसकि उनीहरु सामु घुँडा टेक्दा सिटिजन्सलाई भने त्यो अवस्था कहिल्यै नआएको सीइओ पोखेरेलको अनुभव छ । भविष्यमा समेत बैंकले नाफामा कम्प्रोमाइज गरेपनि अस्तित्वमा कम्प्रोमाइज नगर्ने उनी बताउँछन् ।
‘‘हामी अर्गानिक ग्रोथ, सस्टेनेबल रिटर्न र अनुशासनसँगै आफ्नै पहिचान कायम गराउने अभियानमा लागि परेका छौं ।’,–सीइओ पोखरेल भन्छन् ।
मर्जर तथा प्राप्तिमा पनि विकास बैंक तथा वित्त कम्पनीहरुलाई प्राथमिकतामा राखेका उनको भनाइ छ ।
बैंक अध्यक्ष भण्डारी र पोखेरलसँगै ‘पिलर अफ सिटिजन्स’ को रुपमा बैंकको उच्च व्यवस्थापन तथा विभागिय प्रमुखहरुलाई पनि लिइन्छ ।
उच्च व्यवस्थापनमा २१ बर्ष बैंकिङ क्षेत्रको अनुभव रहेका बैंकको नायब प्रमुख कायृकारी अधिकृत सुमितबाबु खत्री रहेका छन् । उनी विगत ७ वर्षयता सिटिजन्स बैंकमा आवद्ध छन् । बैंकको अर्का नायब प्रमुख कार्यकारी अधिकृतमा पारस कुमार काफ्ले छन् । करिब २० वर्ष बैंकिङ क्षेत्रको अनुभव रहेको काफ्ले सिटिजन्समा विगत १० वर्षयता आवद्ध छन् । बैंकको कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत सिटिजन्समा स्थापनाकाल देखि नै आवद्ध छन् । उनीसँग पनि विगत २० वर्षयताको बैंकिङ क्षेत्रको कार्यअनुभव रहेको छ ।
यस्तै, बैंकको सुचना प्रविधि अधिकारीको रुपमा कार्यरत संजीवकुमार श्रेष्ठ, प्रमुख कर्जा अधिकृत सुमन मुलपति, प्रमुख परिचलक अधिकारी तथा गुनासो सूचक अधिकारी रविकुमार रौनियार, प्रमुख प्रशासकिय अधिकारी नारायणराज अधिकारी र प्रमुख जोखिम अधिकृत अमित खनाल पनि ‘पिल्लर अफ सिटिजन्स’ हुन् ।
सिटिजन्सको उच्च व्यवस्थापनका कर्मचारीहरु बैंक स्थापना कालदेखि कै हालसम्म कार्यरत रहेको बैंकका प्रवक्ता अधिकारी बताउँछन् ।
‘सिटिजन्सको अर्को ब्राण्ड इमेज भनेको बैंकका विभागहरुलाई स्वायत्तता दिइएको छ, हरेक विभागको काम कारवाहीको अधिकारी सोही विभागको प्रमुखलाई हुन्छ । त्यसमा सीइओ सा,ब वा अध्यक्ष ज्युको कहिलै हस्तक्षेप हुँदैन ।’–प्रवक्ता अधिकारीले भने ।
बैंकले गुणस्तरिय र सम्भावना भएका कर्मचारी नियुक्तीमा सम्झौता नगरेकै कारणले सिटिजन्सको सेवा गुणस्तरीय हुन सकेको उनको भनाइ छ ।
बैंकको पिलर मानिएका विभागिय प्रमुखहरुमा रोशन मल्ल, रोशन मानन्धर, सञ्जिब न्यौपाने, तुलसीराज रिजाल रन्तेश्वलाल कर्ण, मनिष कर्ण, धिरजराज जोशी, सुनिल मोक्तान, अनित सापकोटा सुरेशप्रसाद थपलिया सुयशकुमार पौडेल र अङ्गिश श्रेष्ठ रहेका छन् ।
साथै, भुपेन्द्र बिष्ट, आकांक्षा बस्नेत, विनायक रिमाल, विकास चन्द, प्रशान्तविक्रम खड्की, विनय रौनियार, हरीबाबु थापा,नविन्द्र नापित, पारसविक्रम थापा, केदार अधिकारी, दिकेन्द्रराम कसजु, विष्णुमान श्रेष्ठ, नीतिका घिमिरे, भावना ओझा, उदयराज कृशरी, रोजिना तिवार, सुजना सुवेदी र सुबी महर्जन बैंकको विभिन्न विभागीय प्रमुख हुन् ।
उच्च व्यवस्थाप र विभागीय प्रमुखहरुसँगै बैंकको सञ्चालकहरुहरुलाई पनि ‘पिलर अफ सिजिटन्स’ को रुपमा लिइन्छ । हाल बैंकको प्रकाशचन्द्र मैनाली, विजय ध्वज कार्की, सीता कार्की, प्रबल जंग पाण्डे सजन शर्मा र अनिल ज्ञवाली छन् ।
प्रतिक्रिया दिनुहोस्