विदुर । सानिमा बैंकको नुवाकोट विदुर शाखाले दुई जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको छ । बैंकको विदुर शाखाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत बुधबार आयुस्मा रिमाल र करणसिंह भुजेललाई एक लाख रुपैयाँको जेहेन्दार छात्रवृद्धि प्रदान गरेको हो । विदुर शाखाका प्रबन्धक मधुप्रकाश खतिवडाले चेक हस्तान्तरण गरे । सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा उत्तिर्ण गरेर उच्च शिक्षा अध्ययनरत दुईजना विद्यार्थीलाई विदुर शाखाले हरेक वर्ष एक लाख दरको दुई जनालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्