Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, अभियान लघुवित्तको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन १२.८१ अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार भने सामान्य अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक १.३८ अंकले घटेर १,८४४.१४ को विन्दुमा बन्द भएको हो ।
ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंकले बढेर ३६३.०५ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६४ करोड रुपैयाँ माथि कारोबार भएको सेयर बजार यस दिन भने आधा कारोडमा सिमित भएको हो ।
सो दिन कारोबारमा आएको ७८ कम्पनीको सेयर मूल्य बढेको छ । ९५ कम्पनीको घटेको छ । भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको ४.३७ र विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले बढेको हो । भने, सेन्चुरी डिबेन्चर २०८८ को मूल्य ७.७३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार बैंकिङ्ग समूहको भएको छ । सर्वाधिक कारोबार हुने शीर्ष पाँच भित्र ४ वटा बैंक रहेको छ । अभियान लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । लघुवित्तको ३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि, गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ४ हजार, नबील बैंकको २ करोड ३७ लाख ८८ हजार र एनआईसी एशीया बैंकको १ करोड ३३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

डेभलपमेण्ट बैंक समूहको परिसूचक ०.२५, इन्भेष्टमेण्ट समूहको परिसूचक ०.१७ र व्यापार समूहको परिसूचक ०.६९ प्रतिशतले बढेको हो । भने बाँकी १० समूहगत उपसूचकहरु घटेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्