Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले डिएलबीएस कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता सेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता सेयर गरी कुल १० लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस रेन्जमा कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार खुल्नेछ ।

 

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्