Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, सोल्टी होटलको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २, बुधबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारको दिनदेखि निरन्तर घटेको सेयर बजार आज पनि सोहि क्रमले निरन्तरता पाएको हो ।

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १२.८१ अंकले घटेर १,८४५.५१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.६६ अंकले घटेर ३६२.९६ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २१६ कम्पनीको २१ लाख ५१ हजा ७१४ कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो कारोबारको दिनमा भन्दा केहि बढेको छ ।

सो दिन कारोबारमा आएको २३ कम्पनीको सेयर मूल्य बढेको छ । १५८ कम्पनीको घटेको छ । भने २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा सोल्टी होटलको सेयर सर्वाधिक कारोबार भएको छ । होटलले २६ प्रतिशत लाभांश दिने घोषण गरेसँगै होटलको सेयर कारोबार बढेको हो । यसदिन होटलको ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, नबील बैंकको २ करोड ४१ लाख ५१ हजार, रिडी पावर कम्पनीको २ करोड ३३ लाख १९ हजार, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख ६४ हजार र एनआईसी एशीया बैंकको १ करोड ४४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएपनि अभियान लघुवित्तको सेयर भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशत, सिटिजन म्युचुअल फण्ड–२ ९.९४ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कम बृद्धि भएको छ ।

यता पिपुल्स पावर कम्पनीको सेयरधनीहरुले ७.४७ प्रतिशतले गुमाएका छन् ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये ११ वटा समूहका परिसूचकहरु ओरालो लागेको छ । भने, होटल एण्ड टुरिजम र म्युचुअल फण्डमा लगानीकर्ताहरुको आर्कषण देखिएको छ । होटल एण्ड टुरिजम समूहको परिसूचक १.५६ र म्युचुअल फण्ड समूहका परिसूचक ०.१८ प्रतिशतले बढेका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्