काठमाडौं । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । रिट निवेदन बुधबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । बैंकको कालोसूचीमा परेको परेको भन्दै निर्वाचन अधिकृतले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोग विरुद्ध गुरुङले असोज २७ सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । न्यायाधीश बिश्वम्बर श्रेष्ठले अन्तरकालिन अन्तरिम आदेश दिएर उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्