Shikhar Insurance
National Life

शाओमीको ग्राहकहरूका लागि आश्चर्यजनक अफर, मी सँग तिहार “१२ दिन १२ टिभी”

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १४:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ ।

अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा मी टिभी फाेरए प्रो जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले मी टिभी फाेरए प्रो ३२ टिभी जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ ।

प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत मी टिभी फाेरए प्रो ३२” टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्