Shikhar Insurance
National Life

आईएमई लाइफ इन्स्योरेन्सले पायो शतप्रतिशत हकप्रद निष्काशन अनुमति

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १, मंगलवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर निष्काशनको लागि बीमा समितिबाट अनुमति पाएको छ । बीमा समितिबाट अनुमति पाएसँगै कम्पनीले आफ्ना सेयरधनीहरुलाई आ–आफ्नो भागमा परेको हकप्रद सेयर वापतको रकम जम्मा गर्न सुचना जारी गरेको हो ।

इन्स्योरेन्सको हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस चुक्ता पुँजीको १०० प्रतिशत रकम पुनः लगानीकर्ताले थप्दा चुक्ता पुँजीको आकार २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले थप पुँजी माग गर्ने निर्णय गरेको हो ।
कम्पनीले आईपिओ निष्काशन अगावै शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि कम्पनीले संस्थापक सेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।

साविकका सेयरधनीले हकप्रद वापतको रकम कम्पनीले तोकेको बैंक खातामा मङ्सिर ५ गतेसम्म बुझाउन पर्नेछ । सेयर लगानी फारम कम्पनीको वेबसाइटमा रहेको कम्पनीले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्