Shikhar Insurance
National Life

सर्वजनिक विदाका कारण इष्टर्न हाइड्रोपावरको आइपीओ आवेदन दिन म्याद थप

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १, मंगलवार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन म्याद थप गरेको हो ।

नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएका कारण आवेदन दिने मिति एक दिनका लागि थप गरिएको हो । अब कम्पनीको सो आईपीओमा भोली अर्थात कात्तिक २ गते सम्म आवेदन दिन सकिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ताआईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता आईपीओ सहित गरी ६ लाख ७० हजार ३१० कित्ता  आईपीओ निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको आईपीओ मध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आईपीओ खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता आईपीओका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्