Shikhar Insurance
National Life

‘म्यान अफ द इलेक्सन’को बाटोमा माधव नेपाल, प्रतिष्पर्धी भन्दा २९ हजार मतले अघि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १, मंगलवार ०९:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ‘म्यान अफ द इलेक्सन’को बाटोमा अघि बढेका छन् । गृह जिल्ला रौतहटको क्षेत्र न. १ मा गठबन्धनका तर्फबाट प्रतिनिधी सभाको उम्मेदवार बनेका नेपालले मंसिर ४ को निर्वाचनमा सर्वाधिक अन्तरको रेकर्ड कायम गर्ने भएका हुन् ।

काठमाडौं छाडेर गृह जिल्ला फर्किएका नेपालको रौतहटमा आफ्नै बलियो पकड छ । गत स्थानीय तहको निर्वाचनमै रौतहट क्षेत्र नम्बर १ मा नेपालको पार्टीले सर्वाधिक मत ल्याएको थियो । कलम चुनाव चिन्हधारी एकिकृत समाजवादीका वडा अध्यक्षहरुले सो क्षेत्रमा १९ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेसका वडा अध्यक्षहरुले १६ हजार ९ सय २८ मत प्राप्त गरेका थिए । तेश्रो भएको लोसपाका वडा अध्यक्षहरुले १२ हजार ६२ मत प्राप्त गरेका थिए । चौथो स्थानमा रहेका जसपाका वडा अध्यक्षहरुको ८ हजार २ सय ४१ मत आएको थियो ।

पाँचौं स्थानमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षहरुले ८ हजार एक सय ९१ मत ल्याएका थियो । छैठौँ स्थानमा रहँदै एमालेका वडा अध्यक्षहरुले ७ हजार ३ सय ८३ मत प्राप्त गरेका थिए । माधव नेपाललाई गठबन्धनमा काँग्रेस, लोसपा र माओवादी केन्द्रको साथ रहेको छ । नेपाल आफ्नै पहिलो दल, दोश्रो काँग्रेस, तेश्रो लोसपा र पाँचौं माओवादीको संयुक्त उम्मेदवार हुन् ।

अर्थात नेपालसँग गठबन्धनको ४४ हजार ८ सय १७ मत छ । उता, नेपाल विरुद्ध उम्मेदवारी दिएका एमालेका अजय गुप्तासँग एमालेको ७ हजार ३ सय ८३ मत र जसपाको ८ हजार २ सय ४१ मत गरि कुल १५ हजार ६ सय २४ मत रहेको छ । अर्थात माधव नेपाल आफ्ना प्रतिष्पर्धाी भन्दा २९ हजार एक सय १७ मतले अघि छन् ।

नेपालका प्रतिष्पर्धी गुप्ता स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । २०७४ सालमा मेयर निर्वाचित गुप्ता यसपाली भने अलोकप्रिय मतसहित पराजित भएका थिए । उनै गुप्तालाई एमालेले माधव नेपालसँग चुनावी मैदानमा उतारेको छ ।

माधव नेपालको राष्ट्रिय व्यक्तित्वका कारण अझै उनको मत बढ्ने बताइन्छ । उता, मेयर हुँदा गतिलो कार्य सम्पादन गर्न नसकेका गुप्ताले एमाले र जसपाले स्थानीय तहमा पाएको सबै मत समेत जोगाउन नसक्ने बताइन्छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा सम्भवतः माधव नेपाल नै सर्वाधिक मतान्तरले चुनाव जित्ने नेतामा पर्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्