Shikhar Insurance
National Life

बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३१, सोमबार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो । नयाँ शोरुमको उदघाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेकोभन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिए । शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।

नयाँ मोडल एटो थ्रीको बारेमा
लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन्। आधुनिक फिचरले भरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ ।

म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहेपनि अहिले नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्