Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, नबील बैंकको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३१, सोमबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन(सोमबार) सेयर बजार सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन करिब १० अंकले घटेर बन्द भएको सेयर बजार आज करिब ३ अंकले घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक २.६१ अंकले घटेर १,८५८.३३ को विन्दुमा बन्द भएको छ । भने, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.२० अंकले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन १३ वटा समूहगत उपसूचकहरु मध्ये ६ वटा समूहका परिसूचक बढेका छन् । भने बाँकी ७ वटा समूहका परिसूचक घटेका छन् ।
दिनभरीमा २१९ कम्पनीका १६ लाख ३१ हजार ३ सय ४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से सामान्य अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८० करोड रुपैयाँभन्दा बढी कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यसदिन करिब २९ करोड रुपैयाँ कम कारोबार भएको हो ।

सो दिन कारोबारमा आएको ५४ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्से घटेपनि अभियान लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ र कुमारी धनबृद्धि योजनाको मुल्य ३.८५प्र्रतिशतले बढेको छ । भने, पिपुल्स पावर कम्पनीको सेयर मुल्य ९.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नबील बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, प्रभु बैंकको २ करोड ६१ लाख ७ हजार, रिडी पावर कम्पनीको २ करोड २६ लाख ९९ हजार, हिमालयन डिस्टिलरीको १ करोड ८० लाख ९५ हजार र प्राइम कमर्सियल बैंकको १ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष स्थान भित्र रहेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्