Shikhar Insurance
National Life

४५ कम्पनी ब्रोकर लाइसेन्सको सिफारिस माग्दै नेप्सेमा, अन्तिम दिनसम्म कुन कुन कम्पनीले आए?

(सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ आश्विन ३१, सोमबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ ब्रोकर कम्पनी खोल्छु भन्दै १ दर्जन कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिफारिस माग्दै पुगेका छन् । सोमबार कार्यालय समयसम्म १ दर्जन बैंक सहित ४५ नयाँ ब्रोकर कम्पनी नेप्सेमा दर्ता भएका हुन् ।
जसमध्ये नेप्सेले ३८ वटा कम्पनीलाई अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नाम सिफारिस गरेको छ ।

नेप्सेमा आइतबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि आवेदन दिएको हो । बाकी कम्पनीहरुको आजै सिफारिस पठाउने तयारी गरिएको नेप्सेले जनाएको छ । नेप्सेमा १ अर्ब ५० करोड पुजी भएको १ वटा, ६० करोड रुपैया पुजि भएको ३ वटा ब्रोकर कम्पनी दर्ता भएका हुन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेबोनले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो । जसको म्याज आज (असोज ३१ गते) समाप्त भएको छ । अन्तिम दिनसम्म नेप्सेमा १ दर्जन बैंकसहित ४५ वटा कम्पनी ब्रोकर कारोबार गर्नका लागि नेप्सेमा दर्ता भएका हुन् । नेप्से उचित लागेका कम्पनीहरुलाई सिफारिस गरी बोर्ड पठाएकै कम्पनीहरुमध्येलाई ब्रोकर लाइसेन्स वितरण हुनेछ ।

नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ । सोही व्यवस्थाको पालना गर्दै नयाँ ब्रोकर कम्पनी खोल्न चाहने लगानीकर्ताहरुले नेप्सेमा दर्ता हुँदै आवेदनको लागि सिफारिस माग गरेका हुन् ।

जसमा एलिट स्टक हाउस, जेबीएनएल सेक्युरुटिज, प्रोपर्टी वीजर्ड, पाही इन्भेष्मेन्ट, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआइसी एशिया सेक्युरिटिज, हिमालयन ब्रोकरेज, इफिनिटि सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, कलश स्टक मार्केट, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, र मियो सेक्युरिटिज कम्पनीले बोर्डमा आवेदन दिन सिफारिस दर्ता भएको नेप्सेले जानकारी दिएको छ ।

यस्तै, नेप्सेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल मार्केट सेक्युरिटिज, सन सेक्युरिटिज, मेगा क्यापिटल, जेबिएलएल सेक्युरिटिज, एसपिएसए सेक्युरिटिज, नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज र ट्रेड्मो सेक्युरिटिज कम्पनी नेप्सेमा दर्ता भएका हुन् ।

अन्तिम दिनसम्म ब्रोकर कम्पनीको लाइसेन्स माग गर्दै सानिमा हब प्रालि, गरिमा सेक्युरिटिज, स्टक्स्काट्र्स सेक्युरिटिज, हातेमालो सेक्युरिटिज, सिबिआइ सेक्युरिटिज, इगल स्टक सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, सन सेक्युरिटिज, सजिलो ब्रोकर सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज, बेनी सेक्युरिटिज, रोडसो सेक्युरिटिज, सिजी ईन्भेष्टमेन्ट, म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट, मनि वल्र्ड शेयर एक्सचेन्ज, सेन्चुरी सेक्युरिटिज रहेका छन्

यस्तै, नेप्सेमा दर्ता भएका नयाँ ब्रोकर कम्पनीहरुमा सानिमा सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, क्यापिटल हब, पाही इन्भेष्मेन्ट, आरबीबी सेक्युरिटिज, प्रभु स्टक मार्केट, एप्पल सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेज र सनराइज सेक्युरिटिज रहेका छन् ।
यी सबै कम्पनीहरुलाई नेप्से सिफारिस गरी लाइसेन्स आवेदनको लागि बोर्ड पठाइसकेको छ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्