Shikhar Insurance
National Life

असोजको २८ दिनमा वाणिज्य बैंकमा ३४ अर्ब निक्षेप थप, दशैँ बिदा मनाउन झिकिएको पैसा फिर्ता हुँदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३१, सोमबार १३:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । असोजको २८ दिनमा वाणिज्य बैंकहरुले ३४ अर्ब रुपैयाँ थप निक्षेप संकलन गरेका छन् । गत भदौ मसान्तमा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन असोज २८ गतेसम्म आइपुग्दा ४५ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।

दशैँ बिदाबीच अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको थियो । जुन दशैँ बिदा सकिएसँगै अर्थात् एक सातामै ८ अर्ब रुपैयाँ पुनः बैंकिङ प्रणालीमा फिर्ता भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैँ बिदा शुरु हुँदा अर्थात् असोज १४ गते वाणिज्य बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । जुन दशैँ बिदा सकिँदासम्म अर्थात् असोज २१ गतेसम्म घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

यसैगरी, असोज महिना लागेसँगै वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । गत भदौ मसान्तसम्म ४१ खर्ब ९० अर्ब रुपैयाँ कुन कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले असोज २८ गतेसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका हुन् ।

यसबीच वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औषतमा ८६.९६ प्रतिशत कायम गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्