Shikhar Insurance
National Life

बुटवलमा राजु गुरुङको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश, बिष्णु पौडेलसँगको भिडन्त पक्का

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का नेता राजु गुरुङलाई रुपन्देही २ मा निर्वाचन लड्न सर्वाेच्च अदालतले बाटो खोलिदिएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुरमा फसेको भन्दै गुरुङको उम्मेदवारी रद्ध गरिदिएको थियो । निर्वाचन कार्यालयको निर्णय विरुद्ध गुरुङले सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए । अदालतले गुरुङले निर्वाचनमा भाग लिन नपाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । गुरुङको मुद्धा न्यायधिक विश्वम्भर श्रेष्ठको इजलासमा परेको थियो ।

गुरुङको तर्फबाट निवर्तमान कानुन मन्त्री गोबिन्द बन्दी र बरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । अब गुरुङले एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग चुनावी प्रतिष्पर्धा गर्नेछन् । एमाले उम्मेदवार पौडेल विरुद्ध गुरुङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्