Shikhar Insurance
National Life

करिब १० अंकले नेप्से ओरालो लाग्दा १४९ कम्पनीको सेयर मूल्य गिरावट

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार ०३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक करिब १० ओरालो लागेको छ । आइतबार १४९ कम्पनीको सेयर मूल्य गिरावट आउदा नेप्सेले ९.६९ अंक गुमाएको हो ।

यसदिन नेप्से परिसूचक ९.६९ अंकले घटेर १,८६०.९४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७२ अंकले घटेर ३६५.४२ को विन्दुमा बन्द भएको हो ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये ११ वटा घटेको छ । भने, बैंकिङ्ग समूहको परिसूचक ०.२५ प्रतिशत र उत्पादनमुलक समूहको परिसूचक ०.२८ प्रतिशतले बढेको छ ।

दिनभरीमा २२१ कम्पनीको २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ३० कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । भने ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से ओरालो लागेपनि अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । स्ट्यान्डर्ड चार्टर बैंकको ७.२५ र एभरेष्ट बैंकको ५.१५ प्रतिशतले सेयर मूल्य बढेको छ । भने,पिपुल्स पावर कम्पनीको सेयर नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा एभरेष्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, गरिमा विकास बैंकको ४ करोड ८८ लाख ६ हजार, हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाख ४३ हजार, शिवम् सिमेन्टको २ करोड ९९ लाख ८९ हजार र रिडी पावर कम्पनीको २ करोड ७८ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्