– भारत सन २०२९ सम्म संसारको तेश्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान ।
–आइएमएफका अनुसार भारतीय अर्थतन्त्र संसारको सबै ठूला अर्थतन्त्रमध्ये सबै भन्दा तिब्र रफ्तारमा वृद्धि भैरहनेमा पर्छ ।
– सन १९९० मा चिनियाँ अर्थतन्त्र भारतीय अर्थतन्त्रको तुलनामा थोरै मात्र ठूलो थियो जुन आज ५.४६ गुणाले ठूलो भएको छ ।
–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन २०४७ सम्म भारतलाई एक बिकसित राष्ट्र बनाउने महत्वकांक्षा अघि सारेका छन् ।
–भारतीय अर्थतन्त्रको आकार सन २०४७ सम्ममा २० ट्रिलियन डलरमा पुग्नेछ र आगामी २५ वर्षमा बार्षिक औषत वृद्धिदर ७ देखि ७.५ प्रतिशत हुनेछ ।
विश्व बैंकले हालै जारी गरेको एक रिपोर्टमा सन २०२० मा कोभिड १९ का कारण साढे पाँच लाख भन्दा बढि भारतीयहरु गरिबीका चपेटामा धकेलिएको उल्लेख छ । केहि दिन अघि आइएमएफले अघि सारेको रिपोर्ट अनुसार सन २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुनेछ । सो रिपोर्ट अघि सन २०२२ मा भारतीय अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।
आइएमएफले सन २०२३ मा भारतीय अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आंकलन पनि गरिसकेको छ । तथापी सोही रिपोर्टमा भारतीय अर्थतन्त्र संसारका ठूला अर्थतन्त्रमध्ये सबै भन्दा तिब्रा गतिमा वृद्धि हुनेमै पर्छ । यी रिपोर्टका बावजुद भारतमा कैयौं उद्योपति, मन्त्री र आर्थिक विशेषज्ञहरुले आगामी दिनमा भारतीय अर्थतन्त्र यति तिब्र गतिमा बढ्ने अनुमान लगाएका छन की जसले चिनियाँ अर्थतन्त्रलाई पछि पार्नेछ । चीन यतिबेला अमेरिकापछि संसारको दोश्रो ठूलो अर्थतन्त्र हो ।
भारतीयहरुले चिनिया अर्थतन्त्रलाई उछिन्ने दावी गर्नुको कारण के हो भने यस वर्षको मार्चको अन्तिमसम्म भारतीय अर्थतन्त्रले बेलायती अर्थतन्त्रलाई उछिनेको छ । र संसारको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । भारतीय स्टेट बैंकको एक अनुसन्धान रिपोर्टका अनुसार सन २०२७ सम्म भारतले जर्मनीको चौथो ठूलो अर्थतन्त्रको ताज पनि खोस्नेछ र सन २०२९ सम्ममा संसारको तेश्रो ठूलो अर्थतन्त्र जापानलाई पनि पछि पार्नेछ ।
यति गतिमा भारतीय अर्थतन्त्र अघि बढ्दा भारतीय अर्थतन्त्रले चीनलाई उछिन्ला ? के संसारको दोश्रो ठूलो अर्थतन्त्र चीनलाई पछि पार्न सक्ला ? अर्काे शब्दमा भन्दा आज ३.१ ट्रिलियन डलरको भारतीय अर्थतन्त्रले १७.७ ट्रिलियन डलरको चीनियाँ अर्थतन्त्रको नजिक आउन सक्छ वा पछि पार्न सक्छ ? पुरानो पुस्तालाई याद होला की एक समयमा दुबै देशका कुल गार्हस्थ उत्पादन करिब बराबर थियो । सन १९९० मा चिनियाँ अर्थतन्त्र भारतीय भन्दा केहि मात्रै ठूलो थियो । तर आज चिनियाँ अर्थतन्त्र भारतको भन्दा ५.४६ गुणाले ठूलो छ ।
के भारत अर्काे चिन बन्न सक्छ ?
जसलाई चिनियाँ अर्थतन्त्रको थोरै जानकारी छ, उसले यो प्रश्न असम्भव भनेर खारेज गर्न सक्छ । भारतको बजारमा चिनियाँ समानको यति बिगबिगी छ की चिनियाँ अर्थतन्त्रसँग भारतीय अर्थतन्त्रको तुलना गर्ने शाहस पनि हुन्न ।
संसारका केहि दिग्गज अर्थशास्त्रीहरु नै यो मामलामा बहस गर्नुलाई समयको बर्वादी ठान्छन् । प्रसिद्ध अमेरिकी अर्थशास्त्री स्टिभ हैंक जोन्सका अनुसार भारतीय प्रधानमन्त्री मोदीको सन २०४७ सम्म भारतलाई एक बिकसित राष्ट्र बनाउने लक्ष्य चिनलाई चुनौती दिन पर्याप्त छैन् । वास्तवमा चिनियाँ अर्थतन्त्रलाई पार गर्नु एक असम्भव लक्ष्य हो ।
विश्व बैंकको सन २०२१ को रिपोर्ट अनुसार भारतको जिडीपी ३.१ ट्रिलियन डलर छ । जबकी चिनको जीडीपी १७.७ ट्रिलियन डलर बराबरको छ । यदि चिनियाँ अर्थतन्त्रको वृद्धिलाई यहि रोकिदिने हो भने पनि ७ देखि ७.५० प्रतिशतको आर्थिक वृद्धिका आधारमा भारतीय अर्थतन्त्र २० ट्रिलियन डलरको हुनेछ । अर्थात चिनको अर्थतन्त्र वृद्धि रोकियो भने पनि भारतले उसलाई भेट्टाउन अहिलेकै रफ्तार अनुसार पनि २५ वर्षसम्म लाग्नेछ । भारतीय प्रधानमन्त्री मोदीको आर्थिक सल्लाहकार विवेक देव रायले ३० अगष्टमा भारीय अर्थतन्त्रको आकार सन २०४७ सम्ममा २० ट्रिलियन हुने बताएका थिए । उनले अब हरेक वर्ष ७ देखि ७.५ प्रतिशतको आर्थिक वृद्धि गरेर त्यस्तो लक्ष्य हासिल हुने बताएका थिए ।
गत मंगलबार आइएमएफले एक प्रेस ब्रिफिङमा सन २०२२ मा भारतीय अर्थतन्त्रको वृद्धिदर ७.४ प्रतिशतबाट घटेर ६.८ प्रतिशतमा खुम्चिने बताएको थियो । र सन २०२३ मा भारतीय आर्थिक वृद्धिदर अझै कम हुने प्रक्षेपण पनि गरेको थियो । अर्थशास्त्रीहरुले भनेका छन् की चिनलाई पछि पार्ने कुरा त बिर्सिदिनुस्, प्रतिष्पर्धा गर्ने कुरा पनि असम्भव छ । भारत र चिन दुबै समान आवादी भएका देश हुन्, दुबैले गरिबी, भोखमरी, युद्ध र गुलामीको दासता झेलेका छन् । भारत सन १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो भने चीनमा सन १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएको थियो ।
सन १९९० सम्म दुबै अर्थतन्त्र लगभग समान थिए । अब पुनः यी दुबै अर्थतन्त्र समान किन हुन सक्दैनन् ? खासगरि चिनको अर्थतन्त्रको विस्तारमा संकुचन आउन थालेको छ भने भारतीय अर्थतन्त्र ६ प्रतिशत भन्दा बढीको रफ्तारमा बढिरहेको छ । आइएमएफले पनि भारतीय अर्थतन्त्र तिब्र गतिमा बढिरहेका ठूला अर्थतन्त्रहरुमध्ये शिर्षस्थानमा रहेको बताएको छ । यस्तो अवस्थामा भारतले सहि कदम उठाउन सकेमा भारत अर्काे चिन बन्न सक्नेछ ।
भारतको मुख्य शक्ति
चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार अमेरिका र पश्चिमाहरुले भारतलाई ‘गुमराह’मा राखेर अर्काे चिन बन्ने हल्ला फैलाईरहेका छन् । अमेरिका नेतृत्वको पश्चिमी समुहले चिनको विकास रोक्न र विदेशी लगानी घटाउन लगातार भ्रम फैलाईरहेका छन् । उनीहरुले भारतलाई आगामी पाँच वर्षमा जर्मनीलाई र अर्काे दई वर्षमा जापानलाई पनि उछिन्ने विश्वास दिलाउने प्रयास जारी छ ।
बेलायतमा भारतीय मुलका राणा मित्तर अक्सफोर्ड युनिभर्सीटीमा आधुनिक चिनको इतिहास र राजनीतिका प्रोफेसर छन्, उनले चिनबारे कैयौं पुस्तक पनि लेखेका छन् । उनले बीबीसीसँग भनेका छन् की भारतले अब आफ्ना युवाहरुलाई आधुनिक शिक्षा र कुशल बनाउन अधिक लगानी गर्नुपर्छ । उनले भारतको जनसंख्या युवा रहेको र तिनको शक्ति उपयोगका लागि खर्च गरिनुपर्ने बताएका छन् ।
वर्ल्ड फ्याक्ट्री भर्सेस वर्ल्ड बैंक अफिस
चिनले सन १९७८ मा । भारतले सन १९९१ मा आ आफ्नो देशमा आर्थिक सुधार आरम्भ गरे । तर दुबै देशले अलग अलग बाटो रोजेका थिए ।
चीनले उत्पादन, वितरण प्रणाली र विश्वस्तरिय ढाँचाको विकास तथा सुधारमा ध्यान दियो भने भारतले सेवा क्षेत्रलाई अघि बढाउने जोड दियो । त्यसकारण चिन लामो समयदेखि ‘संसारको कारखाना’ कहलियो र भारत ‘संसारको बैंक अफिस’ ।
ग्लोबल टाइम्सका अनुसार १९७८ मा चिनमा आर्थिक सुधार र खुलापनपछि अनिवार्य गुणस्तरिय बाली श्रम शक्तिको बिउ रोप्यो । साथै चिन फरक ढाँचाको विकास निर्माणलाई प्राथमिकता दियो । संसारको पाँचौं ठूलो अर्थतन्त्रका रुपमा भारतले सूचनाको क्षेत्रमा सफलता पायो । साथै अंग्रेजी बोल्ने जनशक्तिको लाभ पनि उठायो । त्यसकारण भारत संसारका बैंकहरुको अफिसका रुपमा स्थापित भयो ।
प्रतिष्पर्धा
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर राणा मित्तरको भारतलाई सल्लाह छ की उसले नयाँ चिन बन्ने प्रयास गर्नु हुन्न । मित्तरले भारत एक असल भारत नै बन्नुपर्नेमा जोड दिए । भारतले लोकतन्त्र र मध्यमवर्गको प्रयोगद्धारा अंग्रेजी भाषाको उपयोग गर्ने विश्व बजारमा आफुलाई अघि बढाउनुपर्नेमा मित्तरले जोड दिएका छन् ।
बिशेषज्ञहरुले भारतका केहि चुनौतीहरु पनि उजागर गरिदिएका छन् ।
निर्यात–आधारित विकास
दिल्लीको फोर स्कुट अफ मेनेजमेन्टमा चिनियाँ मामलाका बिशेषज्ञ डा. फैजल अहमदका अनुसार आगामी २० वर्षमा भारतले चिनलाई उछिन्न सम्भव छैन् । उनका अनुसार भारतले आगामी १० वर्ष निर्यातमा आधारित विकासको बाटोमा आफुलाई अघि लैजानुपर्छ ।
विदेशी लगानी
सन २०१९ र सन २०२१ को बिचमा भारतमा विदेशी लगानीको हिस्सेदारी ३.४ प्रतिशतले घटेर २.८ प्रतिशतमा झरेको छ । जबकी चिनमा सोही अवधीमा त्यस्तो लगानी १४.५ प्रतिशतबाट बढेर २०.३ प्रतिशत पुगेको छ ।
अहमदका अनुसार भारतले मेक इन इण्डिया जस्ता कार्यक्रमलाई बढावा दिँदै उदार विदेशी लगानी नीति अलम्बन गर्नुपर्छ ।
आधारभूत ढाँचाको निर्माण
फैजलका अनुसार भारतले आधारभूत ढाँचाको निर्माणलाई तिब्र गतिमा अघि बढाउनुपर्छ । उनले पूर्वाधार निर्माण होस वा निर्यातमा पनि भारतले आधारभूत ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिए । अमेरिकाले चिनको बढ्दो शक्तिलाई मध्यनजर गर्दै लामो समयदेखि भारतलाई बिशेष सहयोग गरेको र भारतले त्यसको उपयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए । भारतले अझै पनि अमेरिकी, जापानी वा युरोपियन लगानीकर्तालाई खुसी बनाउन नसकेको निष्कर्ष पनि अहमदले निकालेका छन् । विश्व असमानता रिपोर्ट २०२२ अनुसार सन २०२१ मा विश्वको १० प्रतिशत जनसंख्याको हातमा कुल राष्ट्रिय सम्पतिको ५७ प्रतिशत हिस्सा रहेको बताएको छ । तलका ५० प्रतिशत नागरिकको हातमा जम्मा १३ प्रतिशत मात्रै सम्पति रहेको रिपोर्टमा भनिएको छ । बिशेषज्ञहरुका अनुसार पछिल्लो १० वर्षमा नेता, उद्योगपति र व्यापारीले भारतको तुलना चीनसँग गर्न थालेका छन् । -बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस्