हामी देशको अर्थतन्त्रबारे गहन छलफल गरिरहेका छौं । हामी दुई बिशाल बजारहरुको बिचमा छौं, त्यो हाम्रा लागि बिशाल अवसर हो ।
तर सुनको भाँडोमा भिख माग्ने अवस्थामा हामी छौं, दुई तिर बिशाल बजार छ, हामी केहि गरिरहेका छैनौं । मलाई बहुला कुकुरले टोकेको छैन की दुई अर्ब रुपैयाँ कृषिमा लगाउनलाई । मैले केहि देखेरै कृषिमा लगानी गरेको हुँ ।
हामी कृषि भन्ने वित्तिकै हलो सम्झन्छौं त्यस्तो मात्रै पनि होइन् । प्रतिष्पर्धी उत्पादनलाई ध्यान दिने हो । नेपालमा सबै भन्दा सरकारी प्रोटेक्सन कम भएको क्षेत्र नै कृषि हो । दुई तिहाई नागरिक कृषिमा लागेका छन् तर उनीहरुलााई नै प्रोटेक्सन दिईरहेका छैनौं । ५ प्रतिशतको प्रोटेक्सनले पुग्दैन् । जुत्ता, टेक्सटाइल, अल्लोमा राम्रो प्रोटेक्सन हुने हो भने हामी धेरै गर्न सक्छौं । संसारका अधिकांश देशहरु कृषिबाट औद्योगीकरण हुँदै सेवा क्षेत्रमा प्रवेश गरेका छन् । नेपाल चाँही कृषिबाट सिधै सेवा क्षेत्रमा गएको छ ।
शेखर गोल्छा छेउमा हुनुहुन्छ, उहाँ ठूला घरानाको मान्छे हो, उहाँले आज किन उद्योगमा कम ध्यान दिएर व्यापारमा बढी ध्यान दिनु भयो ? यसको दोष उहाँलाई दिन मिल्दैन, त्यो सरकारको कमजोरी हो । उद्योगीलाई प्रोटेक्सन नगरेपछि त व्यवसायीहरु उद्योग छाडेर व्यापारमा लागि हाल्छन् नै ।
म देशको सबै भन्दा ठूलो निर्यातकर्ता हुँ, हाम्रा समानहरुले विश्व बजारमा पाँच देखि ७ प्रतिशत बढी मूल्या पाउँछन् ।
-एसोसियसन अफ चाटर्ड एकाउन्टेन्टस(एक्यान)ले आयोजना गरेको कार्यक्रममा गोल्यानले व्यक्त गरेको विचारको सम्पादित अंश
प्रतिक्रिया दिनुहोस्