Shikhar Insurance
National Life

मंसिर मसान्तसम्म गाडी, मोटरसाइकल, मदिरा र मोबाइलको आयात प्रतिबन्ध कायम

सिंहदरबार संवाददाता
२०७९ आश्विन २८, शुक्रबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी मंसिर मसान्तसम्म विभिन्न ४ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । विगत ६ महिनादेखि गरिएको गाडी, मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयातमा प्रतिबन्धलाई सरकारले मंसिर मसान्तसम्म निरन्तरता दिइएको हो ।

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको कारण देखाउँदै सरकारले गत बैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, गत भदौ १४ गते ६ वस्तुमा प्रतिबन्ध हटाउँदै गाडी, मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयात भने असोज २८ गतेसम्मलाई निरन्तरता दिएको थियो । तर, उल्लेखित वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्मलाई गरिएको सरकारको प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न ४ प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

यससँगै मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयात गर्न पाइने छैन ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्