Shikhar Insurance
National Life

मर्जर हुने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार १ दिन पनि नरोकिने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

सीडीमा २ वर्ष सहुलियत
सिंहदरबार संवाददाता
२०७९ आश्विन २७, बिहीबार १७:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तीमा जाने बैंक तथा वित्तीय संस्थाले सेयर कारोबार रोक्का तथा फुकुवाको प्रक्रिया मै जानु नपर्ने व्यवस्था गरेको छ ।
बिहिबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को पाँचौ संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

पाँचौ संशोधन सहितको मर्जर तथा एक्विजिशन सम्बन्धी विनियमावली, २०७९ ले आपसमा गाभ्ने वा गाभिने प्रारम्भिक सम्झौता पछि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु नपर्ने व्यवस्था गरेको हो । सो अघिसम्म प्रारम्भिक सम्झौता पछि राष्ट्र बैंक र धितोपत्र बोर्डमा एकै पटक निवेदन दिनुपर्ने व्यवस्था थियो । तर, अब भने मर्जर प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाले बोर्डमा आवेदन नै दिनु पर्ने व्यवस्था खारेज गरेसँगै भोलीको दिनमा मर्जर तथा प्राप्ति हुने बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार १ दिन पनि रोक्का नहुने प्रष्ट छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न नहुँदा सम्म सेयर कारोबार रोकका हुने व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताको अर्बौंको सम्पत्ति फ्रिज भएको गुनासो लगानीकर्ताहरुले गर्दे आएका थिए । सोही गुनासो सम्बोधन गर्दे बोर्डको अनुरोधमा राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का सम्बिन्ध निर्णय बोर्डले नै गर्ने व्यवस्था चालु आवको मौद्रिक नीति मार्फत् गरेको छ ।

बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा तयार गरी पनि सेयर कारोबार १५ दिनमात्रै रोक्का हुने व्यवस्था गर्ने निर्णय गरेको छ । तर, सो मस्यौदा हालसम्म निर्देशिका निर्माण गरी बोर्डले कार्यान्वयनमा ल्याउन सकेको छैन । तर, केन्द्रीय बैंकद्वारा जारी विनियमावली भने भोली देखि नै लागू हुने प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । राष्ट्र बैंकले सेयर कारोबार रोक्का फुकुवाको जिम्मेवारी बोर्डलाई नै सुम्पिएको हुँदा मर्जर सम्बन्धि नयाँ व्यवस्था भोली देखि नै लागू हुने उनको भनाइ छ ।

‘राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको लागि पूरा गर्नुपर्ने प्रक्रियामा सेयर कारोबार सम्बन्धि पाटो हटाइएको हो,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘त्यस सम्बन्धि व्यवस्था नियामक निकाय सेवोनले नै निर्धारण गर्छ । अब मर्जर तथा प्राप्ति सम्बन्धि बाँकी प्रक्रियाको पाटोमात्रै राष्ट्र बैंकले हेर्छ ।’

जारी विनियवाली भोलीदेखि नै कार्यान्वयनमा हुँदा प्रारम्भिक सम्झौता पछि सूचीकृति कम्पनीहरुको सेयर कारोबार रोक्का र फुकुवाको निर्णय बोर्डले चाँडै गर्ने पर्ने उनको भनाइ छ ।

यता, बोर्डले यसअघि नै मर्जर तथा प्राप्तिमा जाने सूचीकृति कम्पनीहरुको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्ने निर्णय गर्दै मस्यौदा तयार गरेपनि सो मस्यौदा निर्देशिका बनाएर कार्यान्यवनमा नआउँदासम्म भने मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारको हकमा के हुने अन्योलता सिर्जना भएको देखिन्छ ।

राष्ट्र बैंकसँग सेयर कारोबार रोक्का फुकुवाको अधिकार बोर्डलाई नै दिन भनिएपनि निर्णयलाई निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउने काम भने प्रक्रिया मै रहेको बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताए ।

‘बोर्डकै मागमा राष्ट्र बैंकले सेयर रोक्का फुृकुवा सम्बन्धि निर्णय गर्ने अधिकार हामीलाई सुम्पिएको हो । सो निर्णय कार्यान्वयन गराउन कानुन शाखामा प्रक्रियामा रहेको छ । चाँडै निर्देशिका बनाएर जारी गछौं, सोबीच लगानीकर्ताहरुलाई मर्का पर्न नदिने गरी राष्ट्र बैंकसँग पनि चाँडै छलफल तथा समन्यव गछौं,’–बोर्ड अध्यक्ष हमालले सिंहदरबारसँग भने ।

यसरी बोडीमा मर्जर हुने जानकारी सहितको सेयर कारोबार रोक्काको निवेदन पेश गर्नु पर्ने प्रक्रियाबाट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुक्त गरेको छ ।
सेयर कारोबार रोक्का गर्नुपर्ने प्रक्रिया नै खारेज गरेपछि मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका संस्थाले अन्तिम स्वीकृति पाए सेयर रोक्का फुकुवाको आवश्यक प्रक्रिया गर्नु नपर्ने व्यवस्था समेत गरिएको छ ।

साथै, मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन सक्ने सुविधा पाउने भएका छन् । यसअघिसम्म यस्तो सहुलियत सीडी रेसियोमा दिइएको थियो ।

 

 

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्