काठमाडौं । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । समीट लघुवित्तको १०० कित्ता सेयर बरावर नेशनल माइक्रोफाइनान्सको ८२ कित्ता कायम हुने गरी मर्जर सम्झौता भएको हो ।
संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा गाभ्ने /गाभिने(मर्जर) सम्बन्धमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षज्यूद्धारा असोज असोज २६ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने छन् । भने मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ ।
त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्ब रुपैयाँभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब रुपैयाँभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्