Shikhar Insurance
National Life

दुई दिनपछि सेयर बजार सामान्य सुधार, नबील बैंकको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य सुधार भएको छ । दुई दिन(सोमबार र मंगलबार)को कारोबारमा ४३ अंकले गिरावट आएको सेयर बजार बुधबार भने सामान्य अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ११.३२ अंकले बढेर १,८६६.४८ को विन्दुमा बन्द भएको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.५६ अंकले बढेर ३६६.१९ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार कारोबारमा आएका ११ वटा समूहका परिसूचक बढेको छ । भने, म्युचुअल फण्ड र व्यापार समूहका परिसूचक घटेको छ । यस दिन फाइनान्स समूहमा लगानीकार्ताहरुको बढी आकर्षण देखिएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा बढी २.६७ प्रतिशतले बढेको हो ।

दिनभरिमा २२३ कम्पनीको २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको सेयर बजार यस दिन १४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।

सो दिन कारोबारमा आएको १४० कम्पनीको सेयर मूल्य बढेको छ । ३९ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको २ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, रिडी पावर कम्पनीको २ करोड २ लाख ६३ हजार, एनआईसी एशीया लघुवित्तको १ करोड ८९ लाख ७७ हजार, गोर्खाज फाइनान्सको १ करोड ८१ लाख १ हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ करोड ६९ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । माहुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोगेसीभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको छ । भने, यता एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ९.८३ प्रतिशतले घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्