Shikhar Insurance
National Life

ब्रोकर लाइसेन्सको सिफारिस माग्दै १० कम्पनी नेप्सेमा, हिमालयन ब्रोकरेजकाे भने आवेदन रद्ध हुँदै

कम्पनीको सूची सहित
सिंहदरबार संवाददाता
२०७९ आश्विन २६, बुधबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ ब्रोकर कम्पनी खोल्छु भन्दै १० वटा कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिफारिस माग्दै पुगेका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो । नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ । सोही व्यवस्थाको पालना गर्दै नयाँ ब्रोकर कम्पनी खोल्न चाहने लगानीकर्ताहरु अहिले धमाधम नेप्सेमा सिफरिसको लागि दर्ता भइरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैँ अघिदेखि नै नयाँ ब्रोकर कम्पनी खोल्छु भन्दै सिफारिस गरिदिन कम्पनीहरु दर्ता हुन थालेको नेप्सेका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मंगलबार कार्यालय समयसम्म १० वटा कम्पनी नेप्सेमा सिफारिसका लागि दर्ता भएका छन् ।

जसमा एनएमबि सेक्युरुटिज, माछापुच्छ्रे सेक्युरुटिज, केबिएल सेक्युरुटिज, प्रभु स्टक ब्रोकर, क्यापिटल म्याक्स सेक्युरुटिज, प्रोपटिज बिगाड, हिमालयन ब्रोकरेज, भोलेनलेज सेक्युरुटिज, कलश सेक्युरुटिज र केबिएल सेक्युरुटिज कम्पनी बोर्डमा आवेदन दिनको लागि सिफारिस माग्दै नेप्सेमा दर्ता भएका हुन् । यी सबै कम्पनीहरुले डिस्काउन्ट ब्रोकरको लाइसेन्समा आवेदन दिन सिफारिस माग गरेका उनले जानकारी दिए ।

यी कम्पनीहरुले आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिने समय अब ५ दिनमात्रै बाँकी छ । यसबीचमा नेप्सेले आवश्यक लागेको योग्य कम्पनीहरुलाई मात्रै आवेदनको सिफारिस गरेका कम्पनीहरुले बोर्डमा आवेदन दिन पाउँछन् । हालसम्म बोर्डमा आवेदन दिनको लागि कुनै पनि कम्पनीलाई सिफारिस नगरिएको नेप्सेका सीईओ कार्की बताउँछन् ।

‘अहिलेसम्म हामीले कुनै पनि कम्पनीलाई लाइसेन्सको लागि बोर्डमा सिफारिस पठाएका छैनौं,’ नेप्से सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘दशैँ अघिदेखि नै सिफारिसका लागि कम्पनीहरु दर्ता हुन आएका हुन्, ती कम्पनीहरु नै सिफारिसको प्रक्रियामा छन्, हिमालयन ब्रोकरेज हिजोमात्रै यहाँ आएको हो । सिफारिस हुने कुरै भएन ।’

हिमालयन ब्रोकरेजले नेप्सेबाट सिफारिस नलिएरै बोर्डमा लाइसेन्सको लागि आवेदन पेश गरेको उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीलाई बोर्डमा लाइसेन्सको आवेदन पेश गर्न अघि ती कम्पनीहरुको योग्यता, कार्ययोजना लगायतका आवश्यक मापदण्ड पुरा गर्ने कम्पनीहरु मात्रै नेप्सेले बोर्ड पठाउने छ । भने बोर्डले ती नै कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स वितरण गर्ने कार्यविधिमा उल्लेख छ ।

तर, हिमालयन ब्रोकरेज उल्लेखित नियम विपरित बोर्डमा सोमबार कार्यालय समय अघि ब्रोकरको लाइसेन्स माग गर्दै आवेदन दिएको छ । कम्पनीले नेप्सेको सिफारिस नलिइ आवेदन पेश गरेको भएमा सो आवेदन नै रद्ध हुने बोर्डका प्रवक्ता रुपेश केशीले बताए ।

‘कम्पनीले सोमबार कार्यालय समयअघि नै आवेदन पेश गरेको हो, आवेदनमा आवश्यक प्रकृया तथा माग गरिएका कागजात पुरा भए/नभए अन्तिममा निक्र्योल हुन्छ,’ बोर्ड प्रवक्ता केशीले सिंहदरबारसँग भने, ‘रितपुर्वक नभएका आवेदन लाइसेन्सको लागि योग्य नै हुँदैनन, हिमालयन ब्रोकरेजको हकमा पनि त्यही हुन्छ ।’

बोर्डले ब्रोकर कम्पनीको लागि आवेदन दिन दिएको समय यही असोज ३१ गते समाप्त हुँदैछ । उक्त समयसम्म प्राप्त आवेदनहरु धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ अनुसार नभएमा त्यस्ता निवेदन स्वत रद्ध हुने उनको भनाइ हो ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्