Shikhar Insurance
National Life

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको प्रतिफल घोषणा, बुकक्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ आश्विन २६, बुधबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले प्रतिफल घोषणा गरेको छ । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश घोषणा गरेका हुन् ।

असोज २५ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ७ प्रतिशत र नबिल इक्विटी फण्डले करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले कात्तिक १८ गते बुकक्लोज गर्ने भएका छन् । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्