काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । भने, चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।
बुधबार नेपाली बजारमा छापावल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्