Shikhar Insurance
National Life

नेप्से र कारोबार रकम दुबै घट्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन २५, मंगलवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन पनि २७.१६ अंकले घटेर बन्द भएको नेप्से परिसूचक यस दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो । दशैं पछि कारोबार आएको पहिलो दिन ४४ अंकले बढेको सेयर बजार दुई दिनमा ४३.२२ अंकले ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार परिसूचक १६.०६ अंकले घटेर १,८५५.१६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.२१ अंकले घटेर ३६३.६३ को विन्दुमा बन्द भएको हो ।

दिनभरिमा २२९ कम्पनीको १७ लाख ६८ हजार ६ सय ९२ कित्ता सेयर ५५ करोड २८ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन करिब एक अर्ब रुपैयाँको सेयर कारोबार भएको बजारमा यस दिन कारोबार रकम आधा घटेको छ ।

यसदिन कारोबारमा आएको ३३ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको घटेको छ । भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सुमित लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । अभियान लघुवित्तको ९.९८, सिटीजन म्युचुअल फण्ड ८.५२ र रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ७.८४ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ३ करोड १० लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४३ लाख ६७ हजार, हिमालयन पावरको २ करोड १८ लाख ९९ हजार रिडी पावर कम्पनीको २ करोड ७ लाख ३ हजार र नेपाल टेलिकमको १ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये १० वटा घटेको छ । भने ३ वटा बढेको छ । होटल एण्ड टुरिजम समूह ०.०३, म्युचुअल फण्ड समूह ०.२६ र व्यापार समूह ०.०४ प्रतिशतले बढेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्