Shikhar Insurance
National Life

घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेको महिलालाई सहकारीले बनायो व्यवसायी

सिंहदरबार संवाददाता
२०७९ आश्विन २५, मंगलवार १४:३३
Hyundai
NCELL
NIMB

देउखुरी । घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् ।

घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लागेकी छिन् । उनले ५ लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकी छिन् । एउटा खसीलाई २० देखि २५ हजारमा बिक्री गर्ने गरेको उनले बताइन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भर्खरै सकिएको दशै‌मा २ लाखको खसीबोका बिक्री गरेको उनि बताउछिन् । उनले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५० हजार ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । “सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो, उनले भनिन्, “वैदेशिक रोजगारीमा गएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।”

घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन्। अहिले उनिसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दशै‌मा उनले २ लाख २० हजारको खसी बिक्री गरेको र यस वर्ष पनि दशै‌मा ५ खसी बिक्री गरेर १ लाख ६० हजार आम्दानी गरेको बताइन्।

बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनि बताउछिन् । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाइन् ।

“सबैले मिलेर घरको काम गर्ने गरेका छौँ, उनले भनिन्, “घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।” बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकी छिन् ।

दशै‌ तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनि बताउछिन् । यस वर्षको दसैँमा १ लाख १० हजारको खसी बिक्री गरेको बताइन् । उनिसँग अहिले पनि ४५ बाख्रा छन्। वर्षमा ४ लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउछिन्। “पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो, उनले भनिन, “अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।”

चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनि बताउछिन्। उनले भनिन्, “अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।”

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताए। सेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनि बताउँछन्।

अहिले सहकारीमा १ हजार ३ सय ६७ जना सदस्य छन् । जसमा ७ सय २६ जना महिला, ६ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पुर्याउन सकिएको बताए । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेको देख्दा खुसी लाग्ने गरेको उनि बताउछन् । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्