Shikhar Insurance
National Life

राधी विद्युत कम्पनीको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ आश्विन २५, मंगलवार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनीले निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । कम्पनीले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ ५० पैसा पुग्नेछ ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्