काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य गिरावट आएको छ । मंगलबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले गिरावट आएको हो ।
मंगलबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । मंगलबार तेजावी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ७ सय खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्