Shikhar Insurance
National Life

नेप्से परिसूचक दोहोरो अंकको गिरावट, कारोबार रकम अर्ब नजिक

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । दशैं सकिए लगतै पहिलो कारोबारको दिन आइतबार ४४ अंकले बढेर उत्साह देखिएको सेयर बजार दोस्रो दिन नै २७ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार सोमबार परिसूचक २७.१६ अंकले घटेर १,८७१.२२ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.४४ प्रतिशत अर्थात् ५.३६ अंकले घटेर ३६६.८४ को विन्दुमा बन्द भएको छ ।

दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही सुधार देखिएको छ । सो दिन कारोबारमा आएको १९ कम्पनीको सेयर मूल्य बढेको छ । १६४ कम्पनीका घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । इन्स्योरेन्सको १६ करोड ५८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, नेपाल इन्स्योरेन्सको ६ करोड ६ लाख १२ हजार, नबील बैंकको ४ करोड ८२ लाख २० हजार, हिमालयन डिस्टिलरीको ३ करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंकको २ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाको सयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । एनएमबी हाब्रिड फन्ड १ को ३.६७, ग्लोबल आईएमई ब्यालेन्स फन्ड १ को ३.४९ र एनआईसी एशीया फ्लोसी क्याप फण्ड ३.२७ प्रतिशतले बढेको छ । बाँकी कम्पनीहरुको सेयर मूल्य ३ प्रतिशत भन्दा कम बढेको छ । भने, गरीमा डिबेन्चर्स २०८५ को मूल्य सबैभन्दा बढी ८.१३ प्रतिशतले घटेको छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये १२ वटा घटेको छ भने, म्युचुअल फण्डमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । म्युचुअल फण्ड समूहको परिसूचक ०.८४ प्रतिशतले बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्