Shikhar Insurance
National Life

मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले आगामी वार्षिक तथा विशेष साधारण सभाबाट पारित भएपश्चात मात्रै उक्त हकप्रद सेयर निष्काशनको लागि सहमति प्रदान गरिएको हो । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्