Shikhar Insurance
National Life

दशैं सकिए लगतै सरकारले १८ अर्बको आन्तरिक ऋण उठाउँदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैं सकिए लगतै नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउँन लागेको छ । बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

आज (असोज २४ गते) सोमबार राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरेर सरकारलाई आवश्यक पर्ने रकम जुटाउन लागेको छ । केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भोलि (असोज २५ गते मंगलबार) जारी हुने ट्रेजरी बिलका लागि सोमबार (आज) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएको हो । सो बिल कात्तिक २२ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २६ गते परिपक्व हुनेछ ।

१८२ दिनको लागि जारी गर्न लागेको २ अर्ब २५ करोडको ट्रेजरी बिल चैत २८ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि जारी गर्न लागेको ३ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० असोज २३ गते परिपक्व हुने बैंकले जनाएको छ ।

सरकारले एक वा एक वर्षभन्दा कम समयअवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्ने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन स्रोत जुटाउन ट्रेजरी बिल जारी गर्ने गरिन्छ ।

ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिने बै‌कले जनाएकाे छ । यो बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्नेछन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्