Shikhar Insurance
National Life

सोमबार सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मुल्य गिरावट आएको छ । दशैं सकिए लगतै कारोबार भएको पहिलो दिन नै ३ हजार रुपैयाँले बढेको सुनको मुल्य यसदिन भने ८ सय रुपैयाँले घटेको हो ।

सोमबार नेपाली बजारमा छापावल सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेको जनाएको छ । सोमबार चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मुल्यको आधारमा सुनचाँदीको मुल्य निर्धारण गर्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्