Shikhar Insurance
National Life

नारायणी डेभलपमेण्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्री

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार १०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८ सय १४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने भएको छ । बैंकको सो सेयर बिक्रीका लागि पहिलो प्रथामिकता संस्थापक सेयरधनीहरुलाई नै दिइएको छ । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

३५ दिनभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआए नियमअनुसार अन्य व्यक्ति संस्था अर्थात् जोसुकैका लागि बिक्री खुला गरिने छ । बैंकको सेयर खरिदका लागि आवेदन कम्पनीको केन्द्रीय कार्यालय रतननगर टाँडी चितवनबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्