Shikhar Insurance
National Life

दशैं पछिको पहिलो कारोबारको दिन नेप्से ४४ अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैं सकिए लगतै सेयर कारोबार भएको पहिलो दिन सेयर बजार उत्साह देखिएको छ । दशैं विदाका कारण गत ९ दिनदेखि बन्द रहेको सेयर बजार आज पहिलो कारोबार भएको दिन नै ४४ अंकले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आइतबार परिसूचक २.४१ प्रतिशत अर्थात् ४४.६२ अंकले बढेर १,८९८.३८ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.४२ प्रतिशत अर्थात् ८.७८ अंकले बढेर ३७२.२१ को विन्दुमा बन्द भएको हो ।

दिनभरिमा २२४ कम्पनीको २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँमा खरिदबिमक्री भए । नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार रकम भने अर्ब भन्दा तल नै रहेको छ । सो दिन कारोबारमा आएको १७५ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शिर्ष स्थानमा छ । इन्स्योरेन्सको २२ करोड ६९ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, नबील बैंकको ३ करोड ५१ लाख ९८ हजार, हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख ४४ हजार, अपि पावर कम्पनीको १ करोड ८९ लाख १७ हजार र शिवम् सिमेन्टको १ करोड ७७ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर मूल्य सर्वाधिक ९.९५ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा बढी ४.४८ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु सबै बढेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ४.६९ प्रतिशतले बढेको छ । डेपलपमेण्ट बैंक ४.५०,

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्