Shikhar Insurance
National Life

दशैंलगतै सुनको मूल्य तोलामा ३ हजारले वृद्धि

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैं सकिए लगतै सुनको मूल्य बढेको छ । दशैं विदाका कारण गत ९ दिन देखि स्थिर रहेको सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

दशैं सकिएलगतै साताको पहिलो कारोबारको दिन सुनचाँदीकै मूल्य बढेको छ । आइतबार छापावल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि छापावल सुन प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ हजार रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि तेजावी सुन ९२ हजर ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्