Shikhar Insurance
National Life

बाह्र सय लालपुर्जाविहीनः छानविनमा सकस, छुट्टै नीतिको माग

सिंहदरबार संवाददाता
२०७९ आश्विन २१, शुक्रबार ११:२५
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । छयालिस वर्षदेखि लाल पुर्जाविहीन अवस्थामा रहेको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएको छ । लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको जनाइएको हो ।

गाउँपालिका–७ र ८ नं वडामा करिब एक हजार दुई सय परिवारको जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको छ । भुम्लुका दुई वडाको लगत छानविनमा तीव्रता दिँदै आएको भए तापनि जग्गाधनी यकिन गर्न नसक्दा निकै सकस भइरहेको कार्यालयका प्रमुख नवीनकुमार अधिकारीले बताए । उनकाअनुसार अब यहाँको समस्या मालपोत र नापी कार्यालयले मात्रै समाधान गर्न असमर्थ देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टोलीले स्थलगतरुपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक फरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए ।

“मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरकफरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भयो”, उनले भने ।

भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताउँछन् । उहाँका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ ।

भुजेलले भने, “मन्त्रालयले नै छुट्टै नीति नबनाएसम्म भुम्लुको समस्या समाधान हुने देखिँदैन ।”

रसिदका आधारमा किनबेच हुँदा पछिल्ला केही वर्षदेखि जग्गाधनीको सङ्ख्यासमेत बढ्दै गएको छ । दुवै वडामा विसं २०७६ पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । ती कार्यालय हाल कर्मचारीविहीन अवस्थामा रहेका छन् । जग्गा विवाद छानविन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले पटकपटक मालपोत र नापी कार्यालयको टोली पुनःगत चैतमा फिल्ड पठाइएको थियो ।

हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पूर्जा बन्ने बेला बिक्री भई अर्काका नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खट्नुभएका नापी अधिकृत लवप्रसाद कुईंकेलले बताए। उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन ।

फिल्डमा खटेको मालपोत र नापी कार्यालयको टोली पटकपटक फिल्ड जाँदै फर्कंदै गर्ने र लगतमा जटिलता देखिए पनि ४६ वर्षदेखि लालपुर्जाको पर्खाईमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनःनिरासा छाएको छ । लालपुर्जा वितरणमा थप अन्योलता थपिँदै आएको छ ।

विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पीपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जाप्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए ।

करिब तीन सय धग्गाधनीको लालपुर्जा तयार भइसकेको मालपोत कार्यालयले जनाएको छ । “छानविन गरी जग्गाधनीका नाममा पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गम्भीररुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ”, मालपोत प्रमुख अधिकारीले भने ।

नापी कार्यालयले भने मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ । हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्योल गरी प्रक्रिया थाल्नुपर्ने जनाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्