Shikhar Insurance
National Life

सानिमा बैंकले एकै दिन थप्यो दुई नयाँ शाखा, अब ठिमी र कपनमा पनि

सिंहदरबार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले एकै दिन दुई वटा नयाँ शाखा थपेको छ । बैंकले असोज १४ गते भक्तपुरको ठिमी र काठमाडौंको कपनमा नयाँ शाखा स्थापना गरेको हो । दुबै शाखाहरुको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्