Shikhar Insurance
National Life

दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १५:२६
Hyundai
NCELL
NIMB

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटीसीबाट गरिने हरेक टप अपकारोबारमा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसैगरि, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हुवावे होनेर प्याड एक्स८ मोबाइल प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा।लिद्वारा सञ्चालित मोक्को डिजिटल वालेट सँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोक्को डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने संस्कारलेनै यस विकास बैंकलाई नेपालको अग्रणी विकास बैंकको रुपमा स्थापित गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्