Shikhar Insurance
National Life

बिहीबार १३१ रुपैयाँ माथि पुग्यो डलरको मूल्य, इतिहासकै सबैभन्दा कमजोर नेपाली रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार ०९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर रुपमा बढ्दै गएको अमेरिकी डलरको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय अमेरिकी डलरको मुल्य दैनिक नयाँ रेकडै कायम गर्दै आएको हो ।

नेपाल राष्ट्र बैंकको एक्सचेन्ज रेट अनुसार बिहीबार अमेरिकी डलरको विनीमय दर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो । अब नेपाल राष्ट्र बैंकबाट १ अमेरिकी डलर सटाहि गर्नका लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्छ । अन्य मुद्रा सटाहि गर्ने कम्पनी तथा वाणिज्य बैंकको तुलनामा फरक हुन सक्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार अमेरिकी डलरको मूल्य नयाँ उचाई १३० रुपैयाँ ८४ पैसा थियो । त्यो रेकर्डलाई पनि तोड्दै बिहीबार डलरको मूल्यले अर्काे नया रेकर्ड बनाएको हो ।

हाल अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको मूल्यमा असर परेको हो । भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको मुल्यमा असर परेको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको माग बढेकोले यसको मूल्य बढेको हो ।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । बिहीबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुदै गएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । विदेशमा रहेको नेपालीहरुले दशैको समयमा रेमिट्यान्स पठाउदा भने फाइदा हुने भएको छ ।

बिहीबार विदेशी मुद्रा विनीमय दरः

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्