Shikhar Insurance
National Life

शेखर गोल्छालाई अर्थमन्त्रीको कटाक्षः उताबाट ल्याएर यता जोडेर झन महंगोमा बेच्ने ?

सिंहदरबार संवाददाता
२०७९ आश्विन १२, बुधबार १२:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलको एसेम्बलमा प्रश्न उठाएका छन् । अघिल्ला वर्षहरुको बजेटले दिएको सहुलियत भन्दा अझै अघि बढेर आफुले प्रतिस्थापन विधेयक मार्फत मोटरसाइकलको एसेम्बलमा थप सुबिधा दिएको तर त्यस अनुसारको ‘आउटपुट’ भने नआएको गुनासो उनले गरेका हुन् ।

असोज ६ गते आयोजित नाडा इभी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मोटरसाइकलको एसेम्बलमा ‘भ्याल्यु एडिसन’ नदेखिएको सार्वजनिक टिप्पणी गरेका हुन् । हाल नेपालमा गोल्छा ग्रुपले बजाज र शंकर ग्रुपले टिभिएसका मोटरसाइकल एसेम्बल गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्रीले मोटरसाइकलको एसेम्बलमाथि प्रश्न गरिरहँदा गोल्छा ग्रुपकै शेखर गोल्छासँगै मञ्चमै बसिररहेका थिए । नाडाको पूर्व अध्यक्ष समेत रहेका गोल्छा हाल नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत छन् । गोल्छाले नेतृत्व गरेको हंशराज हुलाचन्द कम्पनीले नेपालमा बजाज मोटरसाइकलको व्यापार गर्दै आएको छ । सोही कम्पनीले भैरहवामा बजाज मोटरसाइकलको एसेम्बल सञ्चालन गरिरहेको छ ।

महालेखा परिक्षकको पछिल्ला प्रतिवेदनहरुले मोटरसाइकलको एसेम्बलका नाममा अरबौं कर छुट दिएको तर अर्थतन्त्रमा त्यसले कुनै योगदान नदिएको उल्लेख हुँदै आएको छ । महालेखाले एसेम्बलका नाममा दिईएको छुटबाट राज्यको अरबौं कर गुमेको भन्दै असुल उपर गर्नुपर्ने उल्लेख हुँदै आएको छ ।

उनै गोल्छालाई साक्षी गरेर अर्थमन्त्री शर्माले मोटरसाइकलको एसेम्बल प्लान्टबाट स्वदेशी अर्थतन्त्रमा भ्याल्यु एड नभएको तथ्य उजागर गरिदिएका हुन् । ‘एक दुई जना साथिहरुले त्यो झन महंगो पर्यो भन्नु भएको पनि छ । झन महंगो यसकारण पर्यो की त्यहाँ फिट गर्ने, फेरी खोल्ने अनि यहाँ ल्याएर फेरी फिट गरेपछि त महंगो पर्यो ।’, अर्थमन्त्री शर्माले भनेका छन् । उनले केहि समान नेपालमै बनाउने गरि एसेम्बल उद्योगलाई आफुले प्रोत्साहन गरेको तर त्यस्तो नभएको भन्दै दुखेसो पनि पोखेका थिए ।

यस्तो छ एसेम्बलमा अर्थमन्त्रीको कटाक्ष
मोटरसाइकल एसेम्बल गर्ने उद्योगहरु पक्कै पनि खुलेको हुनुपर्छ । खुल्नुपर्ने हो भन्ने मलाई लाग्छ । गत वर्षको प्रतिस्थापन बिधेयकको नीतिले मोटरसाइकलको एसेम्बललाई थप सहयोग गरेको थियो । एक दुई जना साथिहरुले त्यो झन महंगो पर्यो भन्नु भएको पनि छ । झन महंगो यसकारण पर्यो की त्यहाँ फिट गर्ने, फेरी खोल्ने अनि यहाँ ल्याएर फेरी फिट गरेपछि महंगो पर्यो । भ्याल्यु एडिसन चाहियो नी त । यहाँ कतिपय कुराहरु बनाउनु परो नी त । भ्याल्यु एडिसन नगर्ने अनि त्यहि ल्याएर फिट गरेपछि त महंगो परिहाल्छ नी । हामीले भनेको एसेम्बल त भ्याल्यु एडिसनसहितको कुरा हो । त्यसो गर्नु भयो भने तपाईहरुलाई छुटको राम्रो व्यवस्था गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्