काठमाडौं । केहि दिनदेखि निरन्तर रुपमा घटेको सेयर बजार मंगलबार सकारात्मक देखिएको छ । सोमबार १८ सयको विन्दु नजिक आएको नेप्से आज भने १५ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक १५.९२ अंकले बढेर १,८३१.०५ को विन्दुमा बन्द भएको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.५४ अंकले बढेर ३५८.१४ को विन्दुमा बन्द भएको हो ।
यसदिन २२९ कम्पनीको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १५२ कम्पनीको सेयर मूल्य बढेको छ। २७ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरि, नबील बैंकको २ करोड ६१ लाख ६८ हजार, सानीमा माइ हाइड्रोको २ करोड २६ लाख १९ हजार, नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख ४० हजार र हिमालयन डिस्टिलरीको १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
समुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । अभियान लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ । भने गरीमा डिबेन्चरको मूल्य १० प्रतिशतले गिरावट आएको हो । समूहगत उपसूचकहरु ११ वटा बढेका छन् भने, २ वटा घटेको छ ।
प्रतिक्रिया दिनुहोस्