Shikhar Insurance
National Life

जुम्लाको गिडिदह पर्यटकको पर्खाइमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन १०, सोमबार १६:३५
Hyundai
NCELL
NIMB

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ ।

गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले बताए । सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ, उनले भने । समुद्र सतहदेखि ३ हजार ४ सय ८२ मिटर उचाइमा यो रहेको छ । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

पर्यटकीय पूर्वाधारको विकास गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गर्ने हेतुले पहिलो पटक गिडिदहमै पुगेको सो वडाका अध्यक्ष अमरबहादुर रोकायाले बताए । गिडिदह सम्मेलनबाट १४ बुँद्धे घोषणापत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गरेका घोषणापत्रबारे जानकारी दिँदै तालको विकासका लागि विस्तुत डिपिआर बनाइ कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताए । गिडितालको पर्यटन प्रवर्द्धनका लागि सङ्घीय, प्रदेस र गैरसरकारी निकायमा पहल गर्ने पनि जनाइएको छ । त्यहाँ जान गिडिखोला गाउँ हुदै फुलचाले पाटन, लामाचौरसम्म सड्क र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ भने । बाटो निर्माण पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्