Shikhar Insurance
National Life

निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन १०, सोमबार १४:३८
Hyundai
NCELL
NIMB

धनुषा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार ७ सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिए । प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार २ सय ७८, सिरहामा २ हजार ८ सय ९, धनुषामा ३ हजार ४ सय ८६, महोत्तरीमा २ हजार ८ सय १ म्यादी प्रहरी खटाइने जनाए । त्यस्तै सर्लाहीमा ३ हजार ३ सय ७, रौतहटमा २ हजार ९ सय ३९, बारामा ३ हजार १ सय ४४ र पर्सामा २ हजार ७ म्यादी प्रहरी खटाइने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लामा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुषको दरखास्त परेको थियो ।

प्रवक्ता तिमिल्सिनाले भने, “गत स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ, पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन् । उनले भने त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ । आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्